गायक बिष्णु खत्रीले फेरी दर्शक रुवाए रिनै रिनको,दशैँ गित ट्रेनडिङ्ग १८ मा,
भदौ २३ ,काठमान्डौ – नेपालि लोक संगीत क्षेत्रमा जुन गित गाएपनि दर्शक रुवाउने गरेका चर्चित नेपाली लोक तथा दोहोरि गायक विष्णु खत्रीले फेरी सबै नेपालीको आँखामा आँशु ल्याईदिएका छन्।
खत्रीको दशैँ गित रिनै रिनको बोलको गितले स्वदेश देखि प्रदेशमा रहेका नेपालिलाई एक पटक फेरी गाँउ घरको झल्को मेटाउने मात्र नभई भावाह्विल बनाउने गरेको पाईन्छ। गितलाई दर्शकले अत्यधिक मनपराईदिएका छन् जसले सार्वजनिक भएको केहि घण्टामानै गित ट्रेनडिङ्ग १८ मा बजिरहेको छ।
समसामयिक यथार्थ चित्रन घटनामा रहेर संगीत शब्द कोर्ने र आवाज भर्ने गायकले फेरी एकपटक सम्पूर्ण नेपालिलाई रुन बाध्य बनाईदिएका हुन् ।
गितमा शब्द संगीत स्वर गायक स्वयम् रहेको छ साथमा गायिका पूर्णकला बिसीले खत्रीलाई स्वरमा साथ दिएकि छिन।
कपिल लामाले निर्देशन गरेको गितमा सुरेश श्रेठको छायांकन रहेको छ भने सम्पादनको पाटो शिव पौडेलको रहेको छ।
गितमा ओवि राईमाझि र सारिका केसीको अभिनय देख्न सकिन्छ ,बर्षमा आउने नेपालि चाड पर्वमा स्वदेश फर्कीएर घर परिवारसंग संगै रमाउने सपना कल्पना मात्र भएको घटनालाई देखाईएको छ ,।
हेर्नुहोस बाँकी गितबाट ,

