निषेधाज्ञा थप्ने वा नथप्ने भर्चुअल बैठक हुँदै ,
भदौ २३ ,काठमान्डौ – भोलि बुधबार मध्यराति १२ बजे सम्म लागि गरिएको निषेधाज्ञाको समिक्षाबारे उपत्याकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक बस्ने तयारि भएको छ ।
काठमान्डौ,ललितपुर ,भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छलफल गरेर तेस्को रायसुझाव गृहमन्त्रालयसंग लिने र निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने निर्णय हुने बताईएको छ।
तेस्तै काठमान्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार उपत्यका मेयर, फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल हुनेछ ।
यस्तै जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । २५ गतेबाट निषेधाज्ञा लम्बिए देशमा नागरिक, व्यापारी ,यातायात व्यवसायीसंघले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बन्दा बन्दिले भोक भोकै नागरिक सडकको गल्लि गल्लिमा रुँदै हिडेकाछन् होटेल ब्यापार व्यवसायी गत वर्षको चैत ११ गतेबाट ठप्प रहेका छन् ।

