काँग्रेस महामन्त्री कोइरालाको दोश्रो परिक्षणपनि पोजेटिभ ,
भदौ २३ ,काठमान्डौ – नेपालि कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको दोश्रोपटक गरिएको कोरोना परीक्षणको स्वाब पनि पोजेटिभ आएको छ ।
संक्रमण पोजेटिभ आएपनि आफुलाई कुनैपनि लक्षण देखा नपरेको कोइरालाले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गरेका छन्।
चिकित्सकको सल्हा अनुसार उनि आजदेखि होम आईसोलेसनमा बसेका छन् तेस्तै आफुसंग प्रतक्ष नजिकमा आएकाहरुले सजगता पनाउन आवस्यक रहेको कोईरालाले आग्रह गरेका हुन्।
सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको थियो।
टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आज दिएको रिपोर्टमा उनीमाथि कोरोना पोजेटिभ आएको हो।

