Gold
Bangad salyan

सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना पुष्टि ,

भदौ २४ ,सुर्खेत – सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।महाशाखाका अनुसार केसीका चालक निरक रावतलाई पनि कोरोना संक्रमण देखिएको छ।

कोरोना पुष्टि पछि केसी र उनका चालक स्वास्थ्यकर्मीको सल्हाअनुसर होम आईसोलेसनमा बसेका छन्।

केहि दिन यता आफुसंग विभिन्न व्याक्तिहरु भेट घाटमा आईरहेको हुनाले सबैले स्वाब दिएर परिक्षण गराउन केसीले आग्रह गरेका छन्।