Gold
Bangad salyan

नेपालमा आज एकै दिन थपिए १४५४ कोरोना संक्रमित ,

भदौ २६ ,काठमान्डौ – नेपालमा आज एकै दिन १४५४ जना नँया कोरोना भाईरस संक्रमणका बरामी फेला परेका छन्। यो संगै नेपाल मा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

पछिल्लो समयमा सरकारले विभिन्न प्रयोगशालामा १० हजार ७०१ जनाको नमुना परीक्षण गरेको बताएको छ। पछिल्लो समय ९७२ जना डिस्चार्ज भएसंगै हाल सम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५ जनाको कोरोनाबाट निधन भएपछि हाल नेपालका विभिन्न जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको हो। तेस्तै उपत्यकामा आजमात्र ६९६ जना संक्रमित थपिएका छन् ।

जसमा ६२० काठमान्डौमा ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना नँया कोरोना भाइरस संक्रमणका बिरामी थपिएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

थप कोरोनाको विवरण यो हेर्नुहोस ,