भाडा नतिरेको भन्दै घरबेटीले कुटेपछी व्याक्तिको मृ.त्यु , ,
भदौ २६ ,काठमान्डौ – काठमान्डौ कीर्तिपुरमा भाडामा बस्ने एक ब्याक्तिलाई घरबेटीले कुट्दा उनको निधन भएको छ।
कीर्तिपुर नगरपालिका, ७ मा घरबेटी प्रेमलाल महर्जनले भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीलाई काठको भाटाले हिर्काउँदा मृ,त्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिएका हुन् ।
घरबेटी र मृ,तक ब्याक्तिको शुक्रबार सामान्य विवाद भएको थियो ,विवाद के विषयमा भन्ने बारे भने प्रस्ट खुलेको छैन । अद्यापि भाडाको विषयमा विवाद भएको हुने प्रहरीले अनुमान गरेको छ।
विवादका बीच महर्जनको कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको छ । घरबेटी महर्जनलाई प्रहरीले पक्राउ गरेर कारबाही अगाडी बढाएको छ ।

