Gold
Bangad salyan

जल तथा मौसम विज्ञानको सूचना सिन्धुपाल्चोकमा आज बिहान १० बजे सम्म ,

भदौ २८ ,काठमान्डौ – जल तथा मौसम विज्ञान विभागले बाढीको सूचना जारी गर्दै सिन्धुपाल्चोकमा आज बिहान १० बजे सम्म सतर्कता अप्नाउन आग्रह गरेको छ। केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे लगायत आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

तेस्तै जलविरे र बलेफीमा जलसतह सतर्कता तहसम्म पुगेको छ यो बढ्दो क्रममा रहेको छ ,साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको हो ।

सिन्धुपाल्चोकमा गत साउन ३० यता पहिरोबाट ठुलो मानवीयता क्षति भएको छ ,आज बिहान गएको पहिरोले जिल्लाको नागपुजे र भिरखर्कमा पहिरोले १८ बढी घर पुरेको छ भने १२ जना वेपत्ता छन् । थप विवरण आउन बाँकी छ।