Gold
Bangad salyan

काठमान्डौको तीनकुने सडकमा हजाज ठोक्कियो ,

भदौ २८ ,काठमान्डौ – काठमान्डौको सडकमा नेपालि सेनाको हजाज गुडेको छ ।,शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज सडकमा गुडाउदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलयतिर लागिएको थियो।

यो जहाज भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने गर्दथे ,नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उक्त हजाज गुडाउदै आज रातभरीमा नारायणहिटी संग्राहलयमा पुर्याईने छ ।

जहाजको पार्टपुर्जा निकालेर पाँच भागमा विभाजन गरेर गुडाउँदै लगिएको छ । आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।

जहाज गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको थियो भने एकछिन सडकमै रोकिएको थियो ।

नारायणहिटी संग्रालयमा राखीएपछि अब यो जहाज घुम्नजाने सर्वसाधारणले पनि हेर्न पाउने छन् ,यो कुनै समयमा नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।