सिन्धुपाल्चोक घुम्थाङ नागपुजेको घटनामा अध्यक्ष प्रचण्डद्वारा दुख ब्यक्त ,
भदौ २८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडान ७ घुम्थाङको नागपुजेमा गएको बाढीपहिरोबारे दुख व्यक्त गरेका छन्।
अधय्क्ष प्रचण्डले बाढीमा ज्यान गुमाउनेहरु प्रति श्रदान्जली ब्यक्त गरेका छन् ,भने घाइतेको सु स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका हुन्।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।
नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएका छन् जसमा ६ जनाको शव फेला परेको छ। पहिरोले १५ घर पुरेको छ भने २ सय २२ जना स्थानिय नागरिक अझै पहिरोको उच्च जोखिममा रहेका छन्।
तेस्तै पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न पनि अध्यक्ष प्रचण्डले सरकारसँग आग्रह गरेका छन् ।

