Gold
Bangad salyan

आज थप १ हजार ३९ जना कोरोना संक्रमित थपिए कुल सक्रमितको संख्या ५५ हजार नजिक ,

भदौ २८ ,काठमान्डौ – आज नेपालमा थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।

तेस्तै स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय बिरामीको संख्या १५११७ रहेको छ ,जसमा संस्थागत आईसोलेसनमा ७७३० र होम आईसोलेसनमा ७३८७ रहेका छन्।

विगत २४ घन्टामा ११ सय ७३ जना डिस्चार्ज भएपछि कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ,यो कुल संक्रमित संख्याको ७१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको हो।

पछिल्लो समय सरकारले ९ हजार १६५ पीसीआर परिक्षण गरेको बताएको छ भने देशभरका क्वारिनटिनमा ६ हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोनाक कारण ज्यान गएको छ यो संगै कुल मृतकको संख्या ३४५ पुगेको छ।