डाक्टर गोविन्द केसीको जुम्लामा अनशन सुरू ,
भदौ २९ ,जुम्ला – चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन्। केसीले ६ बुंदे माग सहित सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् ।
जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने उनले माग राखेका छन् ।
तेस्तै आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् । अहिलेको सत्याग्रहमा सरकारले गरेका सम्झौता मागहरु पुरा नगर्दा आफु १९ औ सत्याग्रह बस्न बाध्य भएको केसीले बताए।
तेस्तै डा केसीले वाइड बडी खरिद काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न माग गरेका छन् ।
तेस्तै अख्तियारका आयुक्त र अन्य भ्रष्टाचार काण्डमा मुछिएकाहरुमाथि सम्पत्ति शुद्धिकरणको छानबिन गर्न पनि केसीले माग गरेका हुन् ।
यस्ता प्रकरणका दोषीलाई राज्यले कारबाही नगरी सत्ताको आडमा उन्मुक्ति दिएको र केहिलाई दिन खोजेको भन्दै आफ्नो अनशन जारिरहने पनि केसीले बताए।कोरोना महामारीमा नागरिक भोकै मर्दा समेत सरकारका ब्याक्तिहरु भ्रस्टाचारमा लिप्त रहेको केसीले बताए।

