नेपालमा आज थप ११ सय ७० जना कोरोना संक्रमण फेला,
भदौ २९ ,काठमान्डौ – नेपालमा आज थप ११ सय ७० जना कोरोना संक्रमण देखिएका छन्, यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको हो।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ८७८ पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तेस्तै आजसम्म देशभर १५ हजार ३९३ कोरोनाका सक्रिया बिरामी रहेका छन्।
ति मध्ये संस्थागत आईसोलेसनमा ८ हजार ११८ र होम आईसोलेसनमा ७ हजार २७५ जना रहेका छन्।
गत २४ घन्टामा ८७९ जना डिस्चार्ज भएका छन् यो संगै हाल सम्म कोरोनालाई जित्नेको संख्या ३९ हजार ५७६ पुगेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए यो कुल कोरोना संख्याको ७१.५ प्रतिशत हो ।
तेस्तै देशभरका क्वारिनटिनमा ६ हजार ८९२ रहेका छन् ,आज थप १५ जनाको
कोरोना बाट निधन भएको छ,यो संगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३६० पुगेको हो।

