परिवार र समाजको वातावरणले बालबालिका मानसिक रोगि हुनसक्छन डा. मिना राई ,
भदौ ३० ,काठमान्डौ – हाल देशमा बढिरहेको कोरोना महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुर्याईरहेको मनोचिकित्सक डा .मिना राईले बताएकि छिन् ।
बालबालिकाको मानसिक स्वास्थ्यमा देखिएको असर भनेको मुख्य अहिले कोरोनाको चिन्तानै रहेको र दोश्रो पारिवारिक वातावरण रहेको राईको भनाई छ ।
अहिले अधिकांस विद्यालयहरु बन्द रहेको हुनाले बालबालिकाहरु घर र समुदायको वातवरणमा रहेको हुनाले मानसिक स्वास्थ्यमा झनै असर पारिरहेको हुन्छ।
समाजमा घटेका घटना ,घरमा भईरहेका विभिन्न हिँसा ,लाल्छना भेदभावले गर्दा पनि उनीहरु मानिसक बिरामीको सिकार बन्न सक्ने उनको भनाई छ।
कोरोना संक्रमित देखि कोरोना मृ,तकको खबर समचारले उनीहरुलाई झनै मानसिक तनाबहुने भन्दै सँधै सत्य समचार मात्र देखाउने पढ्न अभिभावकको मुख्य भूमिका रहने डा . मिना राईबताउ छिन ।
कोभिड १९ ,लकडाउन निषेधाज्ञाले निम्त्याएका समस्या अभिभावकमा जस्तै खुलेर नबोल्नु ,ब्यापारमा गर्न नपाउनु ,जागिर गुमाउनु ,लागुपदार्थको दुर्व्यसनको सिकार हुनुले पनि उनीहरुमा समस्या आउने गर्दछ।
जसले बालबालिकाले भावनात्मक ,शारीरिक ,आनीबानीमा परिवर्तन हुन सक्छन ,जसमा आतिनु ,मुर्छा पर्नु ,कराउनु ,शरीर कम्जोर भएको महसुस गराउनु टाउको दुखाउनु ,रिसाउनु ,ओछ्यानमा अपिसब फेर्न ,भनेको नमान्नु ,जस्ता क्रियाकलाप बालबालिकामा देखिन थालेमा अभिभावकले बालबालिकामा मानसिक समस्या भएको हुनसक्ने बुझ्न जरुरि रहेको राईले बताईन।
तेस्तै लकडाउनको बेला सबैको घरमा बालबालिकाले मोबाईल चलाउने ,ईन्टरनेटमा झुण्डीराख्ने हुँदा उनीहरुको दैनिकमा परिवर्तन ल्याएर खेल खेलाउने ,लुडो
खेलाउने ,नाच्ने गाउने ,सक्दो घरको काममा सघाएर पनि बच्चाहरुलाई यस्तो रोगबाट बचाउन सकिने उनको भनाई छ ।
लिमिटेड ,आधिकारिक समचार बालबालिका देखाउने उमेर अनुसार बच्ने उपाए खानपिन आराम जस्ता क्रियाकलाप गर्न लगाउने र माथिका जस्ता लक्षण दुई हप्ता भन्दा बढी देखिन थालेमा तत्कालै मनोचिकित्सकसँग सल्हा लिनुपर्ने पनि राईको भनाई छ।
मनोचिकित्सक संघकि सहसचिव,मनोचिकित्सक डा. मिना राई ,

