Gold
Bangad salyan

कुलमान गएपछि निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त ,

भदौ ३० ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त दिइएको छ।

ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो ।प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेर काम गर्दै आएका कोईरालालाई वरिष्ठताको आधारमा जिम्मेवारी दिइएको हो ।

कुलमान घिसिङको पुन: नियुक्तको लागि उर्जा मन्त्रि वर्षमान पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा लागेका थिए। कानुनि कुरा रहेको हुनाले सोच्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले कुरा अघि बढाएका छैनन्।

कुलमानको पुन नियुक्तिको लागि हिजोदेखिनै माईतिघर मण्डलामा समर्थन प्रदर्शन भईरहेको छ भने समाजिक सञ्जालभरि कुलमानको माग गरिएको छ।