Gold
Bangad salyan

४८ रुपैयाँमा किनेको प्याज १२० मा व्यापारी बेच्ने पक्राउ ,

भदौ ३१ ,काठमान्डौ – महँगोमा प्याज बेच्ने बल्खुका एक व्यापारीलाई प्रहरीले बल्कुबाता पक्राउ गरेको छ। पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी रहेको प्रहरीले जनाएको छ ।

दशैँ पर्व नजिकिएकोबेला अभारतले प्याज आयातमा अरोक लगाएसंगै नेपालमा प्याजको अभाव देखिने गरेको छ। बजारका पसलमा प्याज नपाईनेर चर्को मुल्यमा बेच्ने गरेको गुनासो आएपछि काठमान्डौ महानगरपालिका बजार अनुगमन थालेको छ।

अनुगमनमा केसीले ४८ रुपैयाँम किनेको प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

साथै उनको दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ भने कारबाहीको लागि महानरीय प्रहरी वृत्त कालीमाटीमा राखीएको छ।