वामदेवले लिए सपथ जनताप्रति बफादार भएर भूमिका अपनाउने छु ,
असोज १ ,काठमान्डौ – नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् ।
सपथपछि गौतमले जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् भने राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिएका हुन् ।
]राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

