Gold
Bangad salyan

भोलिदेखि नेपालमा रेल चल्ने १३ सयले एकै पटक यात्रा गर्न मिल्ने ,

असोज १ ,काठमान्डौ – भारतको मद्रासबाट २ वटा रेल भोलि कुर्था-जनकपुर-जयनगर रुटमा आइपुग्ने भएका छन् । रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल भोलि मध्यान्हसम्म नेपाल भित्रिनेछ ।

पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्ने मिश्रले बताए । नेपालमा पहिले कोईलाबाट चल्ने रेल चलेपनि अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो ।

यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ । रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।

विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक रहेका छन् । रेल भोलि आईपुगेपनि सबै तयारि पुरा भएमा मात्र रेल संचालनमा अल्याउन सकिने मिश्रले बताए।

कुर्था-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई भारतीय निर्मान कम्पनीले हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । अहिले भने नेपालमा रेल चलाउने कोहिपनि नभएको हुँदा भारतीय कामदारलेनै चलाउने छन्।

पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने योजना सरकारको योजना छ ।