संविधान दिवसमा २८९ कैदीलाई जेलमुक्त गर्ने निर्णय,
असोज २ ,काठमान्डौ – संविधान दिवसको अवसर पारेर देशभरका जेलबाट २ सय ८९ जना कैदीलाई बाँकी सजाय माफी मिनाहा गरेर जेलमुक्त गर्ने निर्णय गरिएको छ ।
शनिबार ३ गते देखि लागुहुने गरि नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् ।
संविधानको धारा,२७६ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,०७४ अनुसार सरकारको सिफारिसमा रहेर राष्ट्रपतिले कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीले मात्र माफि मिनाहा पाउने राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दि।
तेस्तै प्रमुख जिल्ला अधिकारी र जेलरको सिफरिसका आधारमा हेमराज तुम्बाहम्फेसहितका कैदी शनिवारबाट जेलमुक्त हुने भएका छन् ।

