Gold
Bangad salyan

कन्ट्याक्ट ट्रेसिङमा परेपछि उर्जा मन्त्रि आईसोलेसनमा,

असोज २ ,काठमान्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै मन्त्रि पुन कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम क्वरेण्टीनमा बसेका छन् ।

शुक्रबार बिहान मन्त्री पुनको सचिवालयका ३० जनामा पीसीआर परीक्षण गर्दा एक जना अङ्गरक्षकलाई कोरोना भाइरसकाे सङ्क्रमण देखिएको थियो।

यो पछि मन्त्री पुन ललितपुरको मन्त्री निवासकै क्वरेण्टीनमा ५ दिन आइसोलेशनमा बस्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दि।