उपत्यकामा पनि कोरोना संक्रमित बढ्दो आज ६७४ जना फेला ,
असोज ५ ,काठमान्डौ – नेपालका विभिन्न जिल्लामा गरिएको परिक्षण मध्ये उपत्यकामा कोरोना संक्रमितहरु बढेको देखिन्छ। आज मात्र उपत्यकामा ६७४ संक्रमित फेला परेका छन्।
ति मध्ये काठमान्डौमा मात्र ५३८ जना कोरोना संक्रमित फेला परेका छन् ,भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कुल कोरोना संक्रमितको संख्या ११५४ जना फेला परेका छन् भने १६ जनाको निधन भएको छ ,यो संगै नेपालमा ४२७ जनाको कोरोनाबाट निधन भएको हो।








