आज १३५६ संक्रमित फेला पछि नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार नजिक ,
असोज ६ ,काठमान्डौ – नेपालमा आज थप १३५६ जना नँया कोरोना संक्रमित फेलापरेपछिकुल कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ।
सरकारले गरेको ११,१५४ पीसीआर आर्डिटि परिक्षणमा माथिका थप कोरोना संक्रमित फेला परेका हुन्।
नेपालमा कोरोनालाई जित्नेको संख्या भने घट्दै आएको छ ,आज जम्मा ८२३ जान डिस्चार्ज भएका छन्।
तेस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २ जनाको निधन भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको स्वास्थ्य तत्जा जनसंख्या मन्त्रालयका पर्वाक्ता जागेस्वर गौतमले जानकारी दिए।
तेस्तै आज उपत्यकामा थप ६४७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित देखिएको गौतमले बताए।

