Gold
Bangad salyan

सहिद लक्ष्मन खड्काको स्मृतिसभा पेरिस डाँडामा सम्पनन,

असोज ६ ,काठमान्डौ – सहिद लक्ष्मन खड्का (अग्नि ) को स्मृति दिवस नेकपा केन्द्रीय कार्यलय पेरिस डाँडामा सम्पनन भएको छ ।

२०२९ साल जाजरकोट १ रिमना भेरीनगरपालिकामा जन्मीएका खडकाको २०५६ असोज ६ गते तत्कालिन प्रतिक्रियावादी सत्ताका पुलिसले आफ्नै घरबाट लखेटेर हत्या गरेको थियो।

शहिद खड्कालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एक वर्ग संघर्षका सहयोद्दा भनेर चिन्ने गरेको छ। उनले विद्यार्थी जीवनदेखिनेनै क्रियाशील राजनीतिक यात्रा अगाडी बढाएर २०४७ सालमा नेकपा मसालको पार्टी सदस्य भई काम गरेका थिए।

स्थानीयमा हुने जाली फटाहा विरुद्दमा अग्नि संघर्षको विरुद्द लागेका खडकाले आफ्नो जीवनकालमा महत्वपुर्ण संघर्षको भूमिका अप्नाऊने गरेका थिए।

तत्कालिन नेकपा माओवादीको नेतृत्वमा संचालित महान जनयुद्दमा सुरक्षा दलको रुपमा काम गर्ने जनयुद्दको थालनी कर्ताको परिचय दिन सफल ब्याक्तिको रुपमा खड्काको ईतिहास छ।

वुवा तुलसी दास खड्का र माता पदमा खडकाका सुपुत्र सहिद लक्ष्मन खड्काका श्रीमती जया खड्का छोरा प्रकाश खड्का र ज्ञानु खड्का छन्। उनका दाजु दाजु कुन्त बहादुर खड्का भाउजु मनसरा खड्का पनि ,दिदि याम कुमारी खड्का ,भिनाजु हरि ध्यार भान्जा अर्जुन रानालाई पनि तत्कालिन प्रतिक्रियावादी सत्ताका पुलिसले घरबाटनै लखेटेर हत्या गरेको थियो।

स्मृति सभामा नेकपा स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेकपा कर्णाली प्रदेश सचीव तथा राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा , नेकपा जाजरकोट जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ , पुर्ब मन्त्री तथा नेकपा केन्द्रीय सदस्य सत्या पहाडी , नेकपा केन्द्रीय सदस्य रामदिप आचार्य, नेकपा केन्द्रीय सदस्य युवराज चाैलागाई, अखिल ( क्रान्तिकारी) पुर्व बिद्यार्थी अध्यक्ष रमेश मल्ल ,वन मन्त्रीका प्रमुख स्वकीय सचीव यज्ञ खत्री , विद्यार्थी नेता तिलकराज भण्डारी सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका सस्थापक अध्यक्ष प्रमोद पोडेल लगायतको उपस्तिथि थियो ।