Gold
Bangad salyan

हिउँचितुवा आङरिता शेर्पालाई राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि,

असोज ७ ,काठमान्डौ – अक्सिजनबिना १० पटक सगरमाथा शिखर आरोहण गरेर विश्व रेकर्डमा नाम राखेका ‘हिउँचितुवा आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बौद्द परम्पराअनुसार उनको बुधबार बिहान काठमाडौंको टेकु दोभानमा अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका हुन् ।

७२ वर्षको उमेरमा सोमबार बिहान काठमाडौंको कपनस्थित छोरी डोमाको घरमा उनको निधन भएको थियो  ।