Gold
Bangad salyan

आज थप ११७२ जनामा कोरोना संक्रमण फेला कुल संख्या ६७८०४ पुग्यो ,

असोज ७ ,काठमान्डौ – नेपालमा आज थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजको मिति सम्म नेपालमा कोरोना संक्रमणको कुल संख्या ६७८०४ पुगेको हो ।

विगत २४ घन्टामा १८९३ जना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा हाल सम्म कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गरेको बताएको छ।तेस्तै हाल सम्म देशभर १७४१४ जना सक्रिय कोरोनाका बिरामीको उपचार भईरहेको छ।

जसमध्ये ८२२८ संस्थागत आईसोलेसनमा र ९१८३ होम आईसोलेसनमा उपचार्थ छन्। देशभर ७१०४ क्वारिनटिनमा रहेको स्वास्थ्य मन्त्रलाका प्रवक्ता जागेस्वर गौतमले जानकारी गरे।