Gold
Bangad salyan

आज थपिए १४९७ जना कोरोना संक्रमित ,

असोज ८ ,काठमान्डौ – नेपालमा आज थप १४९७ जना कोरोना संक्रमित फेलापरेका छन् ,तेस्तै गत २४ घन्टामा ४५७ जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरेको बताएको हो।

आजको दिन सम्म देशभर १८४३७ जना कोरोनाका सक्रिय बिरामीको उपचार भईरहेको छ ति मध्ये ८६१४ संस्थागत र ९८२३ होम आईसोलेसनमा रहेको मन्त्रालयका प्रवाक्या जागेस्वर गौतमले बताए।