Gold
Bangad salyan

आज कर्णाली प्रदेशमा २९ जना कोरोना संक्रमित फेला ,

असोज ९ ,सुर्खेत – कर्णाली प्रदेशमा पुन:नँया कोरोना संक्रमित बढ्दो क्रममा देखिएका छन्। आज मात्र कर्णाली प्रदेशका विभिन्न जिल्लामा २९ जना कोरोना संक्रमित फेला परेका हुन्।

ति मध्ये सुर्खेतमा ८ जना ,सल्यानमा १४ जना ,दैलेखमा १, अछाममा १, र रूकुम पश्चिममा ५ जना कोरोना संक्रमित थपिएका हुन्।

गत २४ घन्टामा कर्णाली प्रदेशमा ४४ जना डिस्चार्ज भएका छन्। तेसैगरी कर्णालीमा होम आईसोलेसनमा रहनेको संख्या बढेको छ जसमा २२७ जना छन् भने संस्थागत आईसोलेसनमा २८४ जना रहेका हुन्।

कर्णालीका विभिन्न कोभिड अस्पतालमा १७ जना आईसियुमा औपचार्र्थ छन् भने ६४९ जना क्वारिनटिनमा रहेका छन्। प्रदेशमा हाल सम्म २८१८ डिस्चार्ज कोरोना मुक्त भईसकेका छन्।