Gold
Bangad salyan

अर्घाखाँचीको कोठियामा पहिरोले २० घर बगायो ,

असोज ९ ,सन्धिखर्क – अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका,१२ को कोठिया मैदानमा २० घर पहिरोले बगाएको छ ।

शितगंगा नगरपालिका,१२ को जख्रेगैरा, पहरेपानी, मैदान लगायतका स्थानमा जमिन भासिएर पहिरो खस्दा २० घर बगाएको छ भने तेस्तै घरवालाका गोठ समेत पुगेको छ।

पहिरोबाट कुनै मानववीय क्षति भने नभएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए। पहिरो अहिले पनि निरन्तर खसिरहेकोले घर अझै पुरिरहेको उनले बताए।

तेस्तै २० घरका करिब १०० बढी घर परिवारलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलय सन्धिखर्कले जनाएको छ।