Gold
Bangad salyan

नक्कली पैसा दिएर सुनको हार किनेर फरार हुने व्याक्ति पक्राउ ,

अगाडी पछाडी सक्कली बिचमा नक्कली नोट दिएर १७ मिनेटमा फारार ,

असोज ९ ,काठमान्डौ – नक्कली नोट दिएर ललितपुरस्थित एक सुन पसलबाट ५ तोला बराबरको सुनको हार लिएर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर रहेका छन्। तेस्तै अर्का काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन रेहका छन् ।

उनीहरुबाट प्रिन्ट मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, रु १ हजार दरका ४६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट ३७ थान, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत असोज १ गते ललितपुर महानगरपालिका,१४ ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजाललाई चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट थमाई सुनको गहना लिएर उनीहरु फरार भएका थिए ।

तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका उनीहरुले सञ्चालकले सुनको बिल गराईरहेको बेला नक्कली पैसाको बन्डल राखेर फरार रहेका थिए। प्रहरीले नक्कली नोट बरामद गरी उनीहरुको खोजीकार्य तथा अनुसन्धानलाई तीव्र पारेको थियो ।

पक्राउ परेका दुवै जनालाई शुक्रबार ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुर मुद्दामा सात दिनका लागि म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको महानगरीय अपराध महाशाखा ललितपुरले जनाएको छ ।