पहिरोले घर बगाएपछि खुल्ला आकाशमा आश्रय आर्घाखाँची शितगंगाबासि,
असोज ११ ,काठमान्डौ – गत शुक्रबार अविरल बाढि पहिरोले आर्घाखाँची शितगंगा नगरपालिका,१२ को कोठिया मैदानमा २० घर बगाएपछि करिब १०० बढी घर परिवार अहिले खुल्ला आकाशमा आश्रय लिएर बसेका छन्।
बिस घर परिवारका गोठ र गोठमा रहेका पशु चौपाय आफ्नै अगाडी बाढीले बगाएर लगेपछि धन्न उनीहरुको ज्यान भने बाँच्यो।

शितगंगा नगरपालिका,१२ को जख्रेगैरा, पहरेपानी, मैदान लगायतका स्थानमा जमिन भासीएर बस्तिनै बगाएको थियो। वडा अध्यक्ष बाबुराम गैरेका अनुसार पिडितसंग अहिले खाने, पकाउने, लगाउने लत्ता कपडा केहि अपनी छैनन्।

गैराबासि बनेका उनीहरु योबेला बास निर्माणका लागि अन्यऐ बिनय गरिरहेका छन्
सितगंगा नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बिनाशकारी बिपत्ति बाट घरबिहिन बनेका आफ्ना नगरबासिलाइ आ आफ्नो तर्फबाट आवास निर्माण का लागि जुटिदिन अनुरोध गरेको छ।

आवास बिहिन बनेका बेसाहाराहरुलाइ आफ्नो संस्था समूह अथवा आफ्नो तर्फबाट सक्ने जति सहयोग आवास निर्माणमा हातेमालो गर्दिन सबैमा विनम्र अनुरोध गरिएको छ।

तस्विर :सचिन पाण्डेको सामाजिक सनजालबाट ,

