काठमान्डौका निजि ल्याबमा पीसीआरको मूल्य घटेन ७ करोड ५ लाख ४४ हजार कलेक्सन ,
असोज ११ ,काठमान्डौ – नियमित फेला परेका कोरोना संक्रमितको संख्यालाई नियाल्ने हो भने असोज महिनाभित्र कोरोना संक्रमितको संख्या १ लाख नाघ्ने सजिलै अनुमान गर्न सकिन्छ।
दैनिक जस्तो १२ सय भन्दा बढी कोभिड १९ का बिरामी थपिदै गएपनि डिस्चार्ज हुनेको संख्यामा घटेको देखिन्छ। हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१,८२१ पुगेको छ यो संख्या छिट्टै एक लाख पार गर्ने स्वास्थ्य मन्त्रालयलेपनि जानकारी गरिसकेको छ।
दैनिक बढ्दो कोरोना संक्रमित संख्या उपत्यकामापनि तिब्र देखिन्छ ,हाल ५३,०१३ जना डिस्चार्ज भएपनि निको भएका ब्याक्तिहरुमा पनि पुन : कोरोना संक्रमण फेलापर्ने गरेको देखिन्छ भने कम्तिमा ३५ दिन सम्म समेत उनीहरुमा अकुनै न कुनै कोरोनाका लक्षन फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।तेस्तै नेपालमा हाल ४६७ जनाको कोरोनाबाट निधन भईसकेको छ।
करिब ६ महिना अगिदेखी भएको लकडाउनलाई भने सरकारले अहिले खुल्ला गरेको छ ,स्वस्थ्य मापदण्डका नियम पालना गर्न जानकारी गरेपनि यात्रामा भिड भाडनै देखिन्छ भने होटेल व्यवसायी सडक पेटीमा सामाजिक दुरी कायम छैन ,मुखमा माक्स देखिदैन ,प्रयोग गरिरहेका सेनीटाईजरमा मानव स्वाथ्यको लागि हानिकारक हुने विषाक्त तत्व प्रयोग भएको भन्दै ५ वटा सेनीटाईजर उत्पादक कम्पनि सरकारले बन्द गरेको छ।
सरकारको दैनिक पीसीआर परिक्षणलाई हेर्नेहो भने ७ देखि १० हजार छ ,भने परिक्षण गरिएकाको रिपोर्ट आउन ढिला भएपछि कतिपय व्याक्तिहरु क्वारिनटिनबाटनै भागेको देखिन्छ।
सरकारले ५५ सयमा गरिरहेको पीसीआर परिक्षणको मूल्य घटाएर २ हजारमा ल्याएपनि कुरामा मात्र सिमित भएको नागरिक बताउछन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको थियो ।
तर निजी ल्याबहरूले भदौ १५ मा तोकिएअनुसारै ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार र शुक्रबार गरेको अनुगमनमा निजी प्रयोगशालाले आन्तरिक निर्णयबाट शुल्क निर्धारण गरी लिने गरेको पाइएको शाखा अधिकृत इन्दिरा आचार्यले जनाएकी छन् ।
सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिएको पाइएको छ ।

