Gold
Bangad salyan

उपत्यकामा ८१७ जना कोरोना संक्रमित फेला अन्य जिल्लाको विवरण सहित ,

असोज ११ ,काठमान्डौ – आज उपत्यकामा ८१७ जना कोरोना संक्रमित फेला परेका छन्। जसमा काठमान्डौ मात्र ६४९ जना संक्रमित थपिएका हुन्।

तेस्तै ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समय उपत्यकामा कोभिड १९ का बिरामी बढ्दै गईरहेको प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

गत २४ घन्टामा ४ जनाको कोरोना संक्रमणबाट निधन भएसंगै मृतकको संख्या ४८१ पुगेको छ।