Gold
Bangad salyan

कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या बढ्यो आज थप २९ जना फेला ,

असोज ११ ,काठमान्डौ – गत २४ घन्टामा कर्णाली प्रदेशमा थप २९ जना कोरोना संक्रमित थपिएका छन् ति मध्ये सुर्खेतका मात्र २३ जना रहेका छन्।

हाल सम्म कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ। ति मध्ये संस्थागत आईसोलेसनमा २६२ र होमआइसोलेसनमा २४२ जना रहेका छन्।

आईसियुमा उपचार्थको संख्या १९ पुगेको छ भने ६७६ जना क्वारिनटिनमा बसेका छन्। कर्णालीमा हाल डिस्चार्ज हुनेको संख्या २८५५ पुगेको छ भने डोल्पा ,मुगु ,हुम्ला कोरोनामुक्त जिल्ला भईसकेका छन्।

आज देशभर कोरोना संक्रमितको विवरण १३५१ रहेको छ ,भने कुल संक्रमितको संख्या ७४,७४५ पुगेको छ ति मध्यबाट ५४,६४० जना डिस्चार्ज भईसकेका छन्। माथिको संख्याबाट ४८१ जनाको निधन भईसकेको छ।