नेपालगञ्जमा कोरोनाबाट दुई जनाको मृ,त्यु ,
असोज १३ , काठमान्डौ – बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमणबाट दुईजनाको मृ,त्यु भएको छ।
सोमबार राति उपचारका क्रममा कोहलपुर नगरपालिका वडान १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृ,त्यु भएको हो ।
नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट भेन्टिलेटरमा उपचार भईरहेको थियो।

