सर्वोच्चले भन्यो नागरिकलाई घरेलु मदिरा बनाउन दिनु ,
असोज १३ ,काठमान्डौ – सर्वोच्च अद्लातले घरेलु मदिरा बढीमा ५ लिटर सम्म र जाँड १० लिटर सम्म बनाउन दिने तर वर्षको ६ पटक भन्दाबढी बनाउन नमिल्ने आदेश दिएको छ।
न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो।गत बर्षको माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्लेख छ।
तेस्तै एकपटकमा पाँच लिटरसम्म रक्सी र दस लिटरसम्म जाँड वर्षमा ६ पटक सम्म उत्पादन गरे वा नगरेको प्रभावकारी अनुगमन, नियमन गर्नुपर्नेसमेत आदेशमा उल्लेख छ।
फितोलो मदिरा नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि सर्वोच्चले सरकारका निकायलाई आदेश दिएको हो।

