कर्णाली प्रदेशमा आज पनि ५२ जना संक्रमित थपिए,सुर्खेतमा मात्र ३४ जना ,
असोज १३ ,सुर्खेत – कर्णाली प्रदेशमा आज पनि ५२ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमित हरुमा सुर्खेतका मात्र ३४ जना छन्।
संक्रमित हुनेहरुमा सुरक्षाकर्मि ,स्वास्थ्यकर्मी देखि विध्यार्थिहरु समेत रहेको कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले जनाएको हो।
यस्तै संक्रमित हुनेहरुमा कालिकोटका ४ जना, दैलेखका ३ जना, जुम्ला र हुम्लाका २-२ जना, डोल्पा र जाजरकोटका १ ,१ जना र अन्य प्रदेशका चार जना रहेका छन्।तस्तै कर्णालीमा हाल सम्म ३ हजार ४९४ जना कोरोना संक्रमित फेला परेका छन् ।
तेस्तै स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २९०५ पुगेको छ भने ६ जनाको मृत्यु भईसकेको छ ।
प्रदेशमा ४५६ जना कोरोनाका सक्रिय संक्रमितको उपचार भईरहेको शाखाले जनाएको हो।

