मलेसियामा नेपालीलाई अपहरण बनाएर फिरौती माग्ने डेबिड काठमान्डौबाट पक्राउ,
असोज १४ ,काठमान्डौ – मलेसियामा नेपालीलाई अपहरण बनाएर फिरौती माग्ने डेबिड भनिने मोरङ सुन्दर-हरैंचा नगरपालिकाको दुर्गाबहादुर श्रेष्ठलाई काठमान्डौबाट प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उनीविरूद्ध गत जुन महिनामा मलेसियामा अपहरण गरेको कसुरमा जाहेरी छ।
मंगलबार साँझ महाराजगन्ज क्षेत्रबाट उनलाई पक्राउ गरिएको अनुसन्धान ब्युरोले जनाएको हो। मलेसियामा रेस्टुरेण्ट खोलेर बसेका श्रेष्ठले आफ्नै रेष्टुरेन्टमा काम गर्न राखेका दाङका मोहम्मद रैदासलाई अपहरण गरी शरीर बन्धक बनाएको जाहेरी परेको थियो।
प्रहरीले पक्राउ पुर्जी जारि गरि डेबिडको खोजीसमेत गरेको थियो। पछिल्लो समय उनि मलेसियाबाट नेपाल फर्केको जानकारी पाएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो। दाङका ३५ वर्षीय मद्म रैदासलाई उनले अपहरण गरेको जाहेरी ।
श्रेष्ठलाई अदालतबाट थुनामा राख्ने अनुमतिका लागि लैजाने प्रक्रिया प्रहरीले अगाडी बढाएको हो। २२ वर्षबाट मलेसियामा बस्दै आईरहेका डेबिटले त्याँहा स्थित रेस्टुरेण्ट खोलेको प्रहरीले बतायो।
आफ्नै रेस्टुरेन्टमा काम गर्न राखेका दाङका रैदासलाई गत जुनमा उनले आफ्ना चालकको कोठामा ६ दिन बन्धक बनाएर फिरौती मागेको खुलेको छ।
श्रेष्ठले रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेका थिए। रैदासकि श्रीमतीले अहिले १२ लाख दिनसक्ने बताएपछि दाङस्थित हिमालयन बैंकमा १२ लाख रुपैयाँ लिएर जुन २८ मा पुगेकी थिइन्।
श्रेष्ठले उक्त बैंकमा रहेको आफ्नो खातामा रकम जम्मा गर्न भनेका थिए।बैंकले पैसा के कामको लागि हो भनेर कर्मचारीले सोध्दा उनले सबै कुरा भनेकी थिईन। लगतै हिमालयन बैंकको केन्द्रीय कार्यालयमा कुरा पुग्यो।
केन्द्रीय कार्यालयले राष्ट्र बैंकलाई जानकारी गरायो । राष्ट्र बैंकले प्रहरीलाई जानकारी गरेको थियो , रैदासकि श्रीमतीले ३० जुनमा भने ३ लाख रुपैयाँ श्रेष्ठको खातामा डिपोजिट गरिसकेकी थिइन्।
राष्ट्र बैंकले ब्युरोमा खबर गरेपछि अनुसन्धान सुरू भएको थियो लकडाउन खुलेपछि श्रीमती काठमाडौं आएर जाहेरी दिएपछि हामीले पीडकलाई खोज्न थालेका हौं ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले रंग दर्पणसंग भने।
श्रेष्ठको बैंक खाता प्रहरीले निगरानी गरिरहेको थियो। नेपाल आएपछि उनले पैसा निकालेपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थापाले बताए। पिडित भनिएका रैदासभने मलेसियामा छन् ,उनलाई झिकाउने तयारि भईरहेको पनि थापाले बताए।

