Gold
Bangad salyan

युवराज खतिवडा अमेरिकाको राजदूत सिफारिस,

असोज १५ ,काठमान्डौ – सरकारले युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ। तेस्तै नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

तिन वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त बनेका खतिवडालाई सरकारले अमेरिकाको राजदूतमा नियुक्त गरेको हो।