भारतको मन्दिरमा बलि दिन लगेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार ,
असोज १५ ,काठमान्डौ – भारतको मन्दिरमा बलिदिने भन्दै भारततर्फ लैजाँदै गरेका १९ र २२ वार्हकी थारु दुई किशोरीलाई प्रहरीले उद्दार गरेको छ।
सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको कोशी गाउँपालिका,८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट प्रहरीले उद्दार गरेको बताएको हो।
विशेष अनुसन्धानको टोलीमा बली दिन भारततर्फ लैजाँदै गरेका ति दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका,४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका,१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।
नियन्त्रमा रहेका एक जनाले भने आफू किशोरीको भिनाजु पर्ने र सालीलाई पुजाका लागि भारत लैजाने सहमतिमा सुरक्षको लागि आफै आएको प्रहरीसामु बयान दिएका छन्।
सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् ।पुजाका लागि भनेर उनीहरुको उचाइ नाप्ने र त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो ।
सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला पूजा हुने र पुजाको बेला बेला ध्यानमा बसेवापत रु दुई लाख रकम दिने भनिएको थियो । दुवै युवती थारु र निकै सोझा रहेको प्रहरीले बताएको छ घटनाको थप गम्भीर अनुन्सधान भईरहेको कार्कीले बताए।

