नेपालमा आहिले सम्मकै उच्च संक्रमित आज २२ सय ५३ जना फेला ,
असोज १८ ,काठमान्डौ – आज नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमित थपिएका छन्। देशभर आज २२ सय ५३ जना कोरोना संक्रमित थपिएको स्वस्थ्य मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घन्टामा १२,७८४ पीसीआर परिक्षणमा सो संक्रमित फेला परेपछि हाल नेपालमा ८६,८२३ जना कोरोना संक्रमितको संख्या पुगेको छ।
तेस्तै गत पछिल्लो समयमा १,३२९ जना डिस्चार्ज भएपछी कुल कोरोनाबाट निको हुनेको संख्या ६४,०६९ पुगेको मन्त्रालयले जनाएको हो।
तेस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए ।

