Gold
Bangad salyan

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो अब पुन:लकडाउन हुने ,मन्त्रालय अस्पतालका बेड गन्दै ,

असोज २२ , काठमान्डौ – हाल नेपालमा अकोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । हिजोमात्र बुधबार एकै दिन ३४३९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितकोस अन्ख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले गत ७ असोजमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्ने बताएको थियो ।

अहिले दैनिक जस्तो संक्रमितको संखाय थपिदै गएपछि बढ्ने क्रम जारि छ भने निको हुनेको संख्या कम छ। गत वर्षको चैत ११ गतेबाट नेपाल गरिएको लकडाउन यो वर्षको असोज १ गतेबाट सरकारले खुल्ला गरेको हो।

६ महिनाको लकडाउन पछि अब पुन: सरकारले लकडाउन गर्ने वा नगर्ने भन्नेबारे निष्कर्ष निकाल्दै छ ,सरकारका प्रवक्ता प्रतिप ज्ञवालीका अनुसार भने राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको बताउछन , संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्ने उनको भनाई छ ।

पछिल्लो चरणमा उपत्यका लगायत घना बस्तीमा दैनिक कोरोना संक्रमित बढिरहेको छ। अहिले देशभर देखिने कोरोनाको कुल कोरोना संक्रमितको आधा संख्या भनेकै काठमान्डौमा मात्र छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिए भन्ने तथ्यांक संकलन भइरहेको बताएको छ ।