जाजरकोट जिप दुर्घटनामा एक मात्र जीवित जसको भयो पुनर्जन्म ,
असोज २२ ,जाजरकोट – जाजरकोट जुनीचाँदे गाउँपालिका,१ औलखोलामा हिजो भएको जिप दुर्घटनामा भाग्यले बाँचेका एक मात्र नर बहादुर बुढा जसले यो संसार देख्न पाए।
भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जसमा एक मात्र जीवित छन् उनको अहिले देउती अस्पताल सुर्खेतमाम औपचार भईरहेको छ भने उनको स्वास्थ्य अवस्था स्समान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउछन।

दुर्घटना भएको जिप ,
डरलाग्दो घटना जिप टुक्रा टुक्रा समेत भएर भेरिनादीमा मान्सिका शव देख्दा जो कोहीको मन रुने गर्दछ ,चिकित्सकले अहिले उनलाई कसै संग कुराकानी नगर्न आग्रह गरेका छन्।
बुधबार दिउँसो करिब ३ बजेतिर भएको जिप दुर्घटनामा जुनीचाँदे,११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेत लगायत अन्य एक जनाको मृत्यु भएको हो ।अहिले सिंगो जुनीचाँदे गाउँपालिका शोकमा डुबेको छ ।

जिप खसेको भिर र भेरीनदीमा उदारको दृश्य ,

पानीमा तैरिरहेका शव ,

