Gold
Bangad salyan

प्रहरीको पोशाक लगाएर भिडियो बनाउनेलाई कारबाही गरिने ,

असोज २२ ,काठमान्डौ – प्रहरीको पोशाक र दर्ज्यानी चिह्न लगाएर भिडियो बनाउनेलाई कारबाही गरिने प्रहरी प्रधान कार्यालयले बताएको छ।

पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको हो ।

प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचार-प्रसार इकाइबाट अनुमति लिनु पर्ने भएको छ , त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने प्रयोजन खुलाउनु पर्ने प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।