सांसद बिष्टले ईतिहासमै पहीलो चोटी बिकट बस्तीलाई फास्ट ट्रयाकमा जोडे, कांग्रेसका ५० बढी कार्यकर्ता नेकपामा प्रवेश ,
असोज २२ ,काठमान्डौ – सिम्ता गाँउपालीको अत्यन्तै दुर्गम भनेर चिनीने नाहागाँउ काफलकोट खण्डलाई ईतिहासमै पहीलो चोटी फास्ट ट्रयाकले जोडेको छ ।
एक कार्यक्रमका बिच त्सस क्षेत्रका आसपासका जनताहरुको ब्यापक उपस्थितीमा उक्त सडक यस क्षेत्रबाट प्रतिनिधीत्व गर्ने कर्णाली प्रदेश सभा सदस्य सांसद ठम्मर बिष्टले रिबन काटेर उद्घाटन गरेका हुन ।
गत आवमा प्रदेश सरकारको रकम ५ करोड बिनीयोजन भई काम अघी बढाइएको थियो । उक्त कार्यक्रममा नेकपा जिल्ला पार्टीका सचिब कृष्ण जिसी लगाएत पार्टीका जिल्ला एबं पालीका स्तरका नेता एबं जनसमुदायहरुको ठुलो संख्यामा उपस्थिती थियो ।
साथै काफलकोटकै अर्को एक कार्यक्रममा संघीय सांसद, जिल्ला पार्टी सचिब, प्रदेश सांसद र कार्यकर्ताहरुको उपस्थितीमा वडा नं २ को सपथग्रहण सहीत कांग्रेस पार्टी परीत्याग गरी अब बिकासको नेतृत्व कम्युनिष्ट पार्टीले नैं गर्न सक्ने निष्कर्ष सहीत झण्डै ५० जना ब्यक्तिहरु नेकपामा प्रबेश गरेका थिए ।

