नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल,
असोज २३ ,काठमान्डौ – सरकारले नेपाल एयरलाइन्सको महाप्रबन्धकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई एयरलाइन्सको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिका सदस्य रहेका पौडेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् भने सत्तारुढ दल नेकपा निकटका कार्यकर्ता पनि हुन् ।

