Gold
Bangad salyan

अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटिएपछि कारबाही अगाडि बढाईयो ,

असोज २३ ,काठमान्डौ – अक्वा फ्रिडम नाम गरेको शिल्बद्नी पिउने पानीको जारमा किरा फेला परेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका मुलपानी,८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित अक्वा फ्रिडमको पानीको जारमा किरा फेला परेको हो ।

निजि क्षेत्रले गुणस्तरहिन पिउने पानि बजारमा बेचेर जनताको स्वस्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै तत्काल उक्त पानी उद्योगलाई कारबाहीको माग गरिएको छ।

यो भन्दा अगाडी पनि पटक पटक जनगुनासा आउने गरेपनि कारबाही नगरीएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग कारबाहीको माग गरेको छ ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण नगरेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ पालन नगरेको र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार अनुचित व्यापार गरेको समेत मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी पत्रमा उल्लेख छ।

सिद्धिलक्ष्मी अक्वा पानीले गुणस्तरहिन पानी विक्रिवितरण गर्नुका साथि बजारभाउ भन्दा बढीमा पानि बेच्ने र उपभोक्तालाई ठग्ने गरेको मञ्चले पत्रामा उलेख गरेको छ।

साउन २४ गते २० लिटर पिउने पानी जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँभन्दा बढी लिन नपाउने अधिकतम खुद्रा मूल्य तोकेपनि कम्पनीले अधिकतम ६० रुपैयाँ प्रतिजारमा पानी बजारमा विक्री वितरण गर्दै आएको मञ्चले बताएको हो ।