Gold
Bangad salyan

भक्तपुरमा बसभित्र किशोरीलाई सामूहिक बलात्कार फरार अभियुक्त पक्राउ ,

असोज २३ ,काठमान्डौ – भक्तपुरमा बसभित्र किशोरीलाई सामूहिक बलात्कार गरि फरार रहेका थप एक बलात्कारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा चन्द्रगढी पृथ्वीनगर नगरपालिका १ का २१ वर्षीय दिपेश राईलाई प्रहरीले झापा भद्रपुर नगरपालिका ८ बाटबिहीबार पक्राउ गरेको जनाएको हो ।

उक्त घटनामा संलग्न सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका वडा नम्बर ४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठ यसघिनै पक्राउ परिसकेका छन् ।

गत असोज १६ गते रत्नपार्कबाट किशोरोलाई बसमा चढाएर भक्तपुर लगेका थिए। तिन जनाले किशोरीलाई लठ्याउने औषधि मिसाई खान दिएर जबरजस्ती करणी गरेका प्रहरीमा युवतीले बयान दिएकि छिन ।

उनीहरुलाई असोज १८ मा पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेश गरी जबरजस्ती करणीसम्बन्धी कसूरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।