कर्णाली प्रदेश सशस्त्र प्रहरी बलको शिक्षालय गुर्भाकोट घुमखहरेमा स्थापना,
असोज २३ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट १० लहुरे दमारमा आजदेखि सशस्त्र प्रहरी बल शिक्षालय स्थापना भएको छ।
कर्णाली प्रदेशका दशै वटा जिल्लाको एक मात्र शिक्षालयको रूपमा संचालन हुने सशस्त्र प्रहरी बलको शिक्षालय घुमखहरेमा स्थापना भएपछि स्थानीय सम्पूर्ण नगरबासीहरु हर्षित छन्।

प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय ठम्मर बिष्ट र विशेष अतिथि कर्णाली प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजि हरिचन्द्र अधिकारीको उपस्तिथिका बीच एवं स्वागत कार्यक्रम गरि सशस्त्र प्रहरी बलको शिक्षालय उद्घाटन गरिएको हो।
कार्यक्रममा सुर्खेत नेकपा जिल्ला कमिटीका सदस्यहरु नेपाली कांग्रेस जिल्ला समिति कोषाध्यक्ष अनन्त प्र पौडेल,गुर्भाकोट नगरपालिका १०/११ का वडा अध्यक्षहरुको उपस्तिथिति थियो।

सम्पूर्ण घुमखहरे बासीले स्वागत गरेको कार्यक्रममा सभापति समाजसेवी थिरलाल पौडेल रहेको कार्यक्रमलाई गायक धनराज चुनाराले संचालन गरेका थिए।
आज देखि सुरु भएको सशस्त्र प्रहरी बलको शिक्षालय घुमखहरेमा २५ जनाको टिम बसेको छ भने सङ्गरचना निर्माणपछि ८ सय देखि १ हजार सम्मको बल बस्ने बताईएको छ।

सशस्त्र प्रहरी बल कर्णाली प्रदेश शिक्षालय स्थापना एवम स्वागत कार्यक्रममा घुमखहरेका सम्पूर्ण स्थानियबसीले बाजा गाजा र फूलमाला अबिर लगाई उपस्तिथितलाई स्वागत गरेका थिए।


रंग दर्पण ,

