बामदेवविरुद्ध मुद्दाको सुनुवाई अब दसैंपछि
असोज २८ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि हुने भएको छ ।
सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार संवैधानिक इजलास बस्न नसकेपछि अब दशैँपछि मात्र सुनुवाई हुनु भएको हो।
हप्ताको बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलासबस्ने गरेपनि यो हप्ताको शुक्रबार शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी छिन्।
हारेको व्याक्तिलाई अवैधानिक ढंगले मनोनित गरेको भन्दै बदरको माग गरेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले राष्ट्रिय सभा सदस्य मनोनीतको निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका हुन् ।
रिट परेपछि असोज पहिलो साता सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

