Gold
Bangad salyan

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप,चार राउण्ड हवाई फायर ,

असोज २८ ,सप्तरी – सप्तरीमाको राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा तस्करको समूह र प्रहरीबीच मंगलबारराति झडप भएको छ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भारतबाट तस्करहरुले छलेर सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो ।

तेहिबेला तस्करहरुले स्थानीयलाई हात हतियार सहित बोलाएका थिए। हात हतियासहित आएका उनीहरुले प्रहरीमा आक्रमण प्रयास गरेका थिए।

घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।

घाईते दुवैको टाउकोमा चोट लागेको छ ,उनीहरुको टाउकोमा वटा टाँका लगाउनुपरेको धमलाले बताए।

करिब एक सय बढी स्थानीय र तस्करहरुले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा अलिनुपरेको धमलाले बताए।

तस्करहरुले समान ओसारपसार गरेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी कोइलाडी बर्साइनको तोलेली सर्च भियान गरेर त्यो क्षेत्रमा खटिएको थियो।

तस्करले ल्याएको सामान छोडेर भागेको र उनीहरुको खोजि भईरहेको धमलाले बताए।