Gold
Bangad salyan

आज थप ४,३९२ नँया कोरोना संक्रमित फेला ,२१ जनाको मृत्यु ,

असोज ३० ,काठमान्डौ – आज नेपालमा थप ४,३९२ नँया कोरोना संक्रमित फेला परेका छन् ,गत २४ घन्टामा मन्त्रालयले १६,५३१पीसीआर परिक्षण गर्दा सो संख्या पुगेपछि नेपालमा कुल कोरोना संक्रमितको संख्या १२६,१३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमणमुक्त भएपछि हाल सम्म ८८,०४० जना डिस्चार्ज भएका छन् ।

हाल देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेस्तै पछिल्लो समय २१ जनाको निधन भएपछि कुल ७१५ जनाको मृत्यु भईसकेको छ।

उनीहरुमध्ये ३१५ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ ।